News Portal

  • रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ भाद्र ४ देखि आउने

    आर्थीकसंसार संवाददाता१ भदौ, २०७७
    ११५३ पटक
    १ भदौ, २०७७

    आईपीओको बारेमा सम्पूर्ण जानकारी यस प्रकार रहेको छः
    काठमाडौं । प्रति साधारण शेयर रु १०० अंकित दरको २,१०,००,००० कित्ता मध्ये जारी पूँजीको ३० प्रतिशत अर्थात ६३,००,००० कित्ता साधारण शेयर मध्ये ५ प्रतिशत अर्थात ३,१५,००० कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाडँफाडँ गरिएको र ५ प्रतिशत अर्थात ३,१५,००० कित्ता कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने ५६,७०,००० कित्ता सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गरिएको छ।

    आवेदन दिने समय :
    आईपीओ भाद्र ४ गते देखि भाद्र ८ गते सम्म खुल्ने छ । भाद्र ८ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि भाद्र ८ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा भाद्र २२ गते सम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै कम छ  ।

    कति कित्ता दिन पाईन्छ आवेदन ?
    न्युनतम १० कित्ता देखि अधिकतम ६३,००० कित्ता सम्म आवेदन दिन सकिन्छ ।

    प्रधान कार्यालय :
    यस बीमा कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा वडा नं. १०, नयाँ बानेश्वर, काठमाडौंमा रहेको छ ।

    कम्पनीको ईतिहास :
    यस कम्पनी, कम्पनी ऐन, २०६३ वमोजिम मिति २०६४-०८-१९ मा नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो । बीमा ऐन, २०४९ अनुसार मिति २०७४-०४-१८ मा बीमा समितिबाट जीवन बीमा ब्यवसाय गर्न स्वीकृति प्राप्त गरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट कारोबार संचालनको स्वीकृति प्राप्त गरी २०७४ मंसिर ०१ बाट जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

    कम्पनीको शाखा संजाल :
    यस बीमा कम्पनीको कारोवार स्थान काठमाण्डौ जिल्ला समेत गरी ४८ जिल्लामा रहेको छ र बीमा समितिको स्वीकृति लिई आवश्यकता अनुसार शाखा, उपशाखा वा अन्य कार्यालय थप गरि बीमा कारोबार विस्तार गर्न सक्ने छ ।

    पुँजीको अवस्था :
    अधिकृत पुँजी : ३ अर्ब
    जारी पुँजी : २ अर्ब १० करोड
    चुक्ता पुँजी : १ अर्ब ४७ करोड ( आईपीओ अघि )
    चुक्ता पुँजी : २ अर्ब १० करोड ( आईपीओ पछि )

    हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४७ करोड रहेको र ६३ करोड बराबरको साधारण शेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड हुन्छ । आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ।

    संस्थापक शेयरधनीको बारेमा जानकारी :
    यस कम्पनीमा सिद्धार्थ बैंकको १७ दशमवल ९६ प्रतिशत संस्थापक  शेयर रहेको छ भने अग्नि होल्डिङ्ग प्रा.लिको नाममा ६ प्रतिशत शेयर स्वामित्व रहेको छ। त्यस्तै सबिता केडियाको नाममा ३ दशमलव ३१ प्रतिशत रहेको छ।

    संचालकको जानकारी :
    संचालक समितिको अध्यक्षमा तारा चन्द केडिया छन् । त्यस्तै संचालक समिति सदस्यमा  भरत कुमार तोदी, जगदिश कुमार अग्रवाल, अमित कुमार बेगानी र सुन्दर प्रसाद कँडेल रहेका छन्।

    व्यवस्थापक :
    इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रविन रमण पराजुली र डेपुटी सिईओमा निराजन कंडेल छन् ।

    वित्तीय विवरण :
    आर्थिक वर्ष ७५/७६ को वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी १ रुपैयाँ ५४ पैसा रेहको छ भने किताबी मूल्य १०७ रुपैयाँ ५९ पैसा रहेको छ । आषाढ मसान्तको अपरिष्कृत तर वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी २ रुपैयाँ ८१ पैसा र किताबी मूल्य ११० रुपैयाँ ४५ पैसा रहेको छ।

    प्रक्षेपित तथ्यांक अनुसार आर्थिक वर्ष ७७/७८ मा प्रति शेयर आम्दानी ५ रुपैयाँ १५ पैसा र किताबी मूल्य ११४ रुपैयाँ हुन्छ। आर्थिक वर्ष ७८/७९ मा भने प्रति शेयर आम्दानी ९ रुपैयाँ १५ पैसा र किताबी मूल्य १२३ रुपैयाँ ३५ पैसा र आर्थिक वर्ष ७९/८० मा भने प्रति शेयर आम्दानी १५ रुपैयाँ ०३ पैसा र किताबी मूल्य १३८ रुपैयाँ ७० पैसा हुने कम्पनीले प्रक्षेपण गरेको छ।

    पूँजीको रणनीति :
    आईपीओ पश्चात कम्पनीको पुँजी २ अर्ब १० करोड हुने छ तर कम्पनीले प्रक्षेपण गरेको विवरणमा कम्पनीले आर्थिक वर्ष ७९/८० सम्म पुँजी वृद्धिको लक्ष्य राखेको छैन।

    क्रेडिट रेटिङ्ग
    स्वीकृत विवरणपत्र अनुसार सार्वजनिक रुपमा निष्काशन गर्न लागिएको साधारण शेयरको लागि “क्रेडिट रेटि· नियमावली, २०६८” को नियम ३ मा भएको ब्यबस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटि· संस्था इक्रा नेपाल लि. डिल्लीबजार, काठमाण्डौबाट क्रेडिट रेटि· गराई मिति २०७७-०४-०६ गते [ICRANP-IR] BB+ प्रमाणपत्र प्राप्त गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको (Moderate risk of default regarding timely servicing of financial obligations) जनाउँदछ ।

    कति कित्ता आवेदन दिँदा ठीक ?
    धितोपत्र निस्काशन तथा बाडँफाडँ निर्देशिका अनुसार सबैलाई सुरुमा दश-दश कित्ता दिँदै जानु पर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई  ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको छ । यसको अर्थ दश कित्ता नियम अनुसार ५ लाख ६७ हजार जनाले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन् । यदी ५ लाख ६७ हजार जनाले आवेदन दिएमा सबैले दश कित्ताको दरले शेयर पाउने छन् । ५ लाख ६७ हजार भन्दा धेरैले आवेदन दिएमा दश कित्ताको लागि गोलाप्रथा हुने छ भने ५ लाख ६७ हजार भन्दा थोरैले आवेदन दिएमा सबैले न्युनतम दश कित्ताको दरले शेयर पाउने छन् ।

    नोट : लगानी निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला !

    प्रतिकृया दिनुहोस्