News Portal

  • चाबहिलको पसलमा बङ्गलादेश बैंकको क्यूआर कोडबाट कारोबार सुरु

    आर्थीकसंसार संवाददाता७ फागुन, २०७७
    ९७७ पटक
    ७ फागुन, २०७७

    काठमाडौं । चाबहिलको पसलमा नेपाल बङ्गलादेश बैंकको क्यूआर कोडबाट कारोबार सुरु भएको छ । बैंकले काठमाडौं महानगरपालिका–७ स्थित चन्द्रविनायक पार्क व्यवस्थापन समाजमा रहेका तरकारी, फलफूल तथा कपडा पसलमा क्यूआर कोडमार्फत कारोबार सुरु गरेको हो । उक्त कारोबारको औपचारिक समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले सो एरियाका व्यापारी वर्गलाई क्युआर कोड वितरण गरेका थिए । सो अवसरमा डेपुटी गभर्नर सिवाकोटीले विभिन्न तरकारीहरु खरिद गरीक्यू आर कोडको माध्यमद्वारा भुक्तानी पनि गरेका थिए ।
    उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैकले प्रदान गर्ने सेवा तथा सुविधाको बारेमा जानकारी गराएका थिए । बैंकले ग्राहक तथा व्यापारी वर्गहरुको सुविधालाई ध्यानमा राखी निःशुल्क वाईफाई पनि जडान गरिदिएको जानकारी गराएको छ । हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएम बाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्