News Portal

  • शाइन रेसुङ्गाद्वारा क्युआर कोडबाट ई–रिक्साको भाडा भुक्तानी सुरु

    आर्थीकसंसार संवाददाता६ फागुन, २०७७
    ५८५ पटक
    ६ फागुन, २०७७

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले क्युआर कोडबाट ई–रिक्साको भाडा भुक्तानी सुरु गरेको छ । बैंकले बिहीबार नेपाल राष्ट्र बैंकको सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालको उपस्थितिमा ई–रिक्सा संघमा आवद्ध ई–रिक्साहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको हो ।
    सोही अवसरमा डिजिटल बैकिङ्गको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्दै निर्देशक फुयालले आर्थिक कारोबारलाई सहज, सरल र सविधायुक्त बनाई डिजिटल बैंकिङ्गको माध्यमबाट हरेक क्षेत्रलाई डिजिटलमैत्री बनाउनु पर्ने बताए ।
    यसैगरी ई–रिक्सा चालक संघ सिद्धार्थनगरका अध्यक्ष हरिबहादुर नेपालीले डिजिटल कारोबारले आफुहरुलाई उत्साहित पारेको बताए । त्यस्तै, डिजिटल बैंकिङ्गको अवधारणअनुरुप शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सालझण्डी शाखाले ई–रिक्सा, फलफुल तथा तरकारी पसलहरुलाई क्यूआर कोड वितरणको कार्यक्रम गरेकोमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले क्यूआर कोड हस्तान्तरण गरे ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले अबको बैकिङ्ग डिजिटलाईजेसनतर्फ अग्रसर भइरहेको र यसले व्यक्तिको दैनिकीलाई सहज बनाउने हुँदा शाइन रेसुङ्गा बैंकले डिजिटल सेवाहरु निरन्तर विस्तार गर्दै ग्राहकमैत्री सेवाहरु ल्याई समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्