News Portal

  • महालक्ष्मी विकास बैंकद्वारा विद्यालय भवन बनाउन बाल सारथीलाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता६ फागुन, २०७७
    ५५२ पटक
    ६ फागुन, २०७७

    काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीमा रहेको बाल सारथीलाई आर्थिक सहयोग गरेको छ । बैंकले अनाथ तथा विपन्न वर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आइरहेको संस्थालाई विद्यालय भवन निर्माण गर्न आर्थिक सहयोग गरेको हो ।
    बिहीबार बाल सारथीको कार्यालयमा सम्पन्न कार्यक्रममा बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपाञ्जली खकुरेलले संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई पाँच लाखको चेक हस्तान्तरण गरेका थिए । उक्त अवसरमा खकुरेलले संस्थामा अध्ययनरत बालबालिकाहरुलाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षणसमेत प्रदान गरेका थिए ।
    देशभर १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको बैंकले आगामि दिनहरुमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

    प्रतिकृया दिनुहोस्