News Portal

  • गरिमा विकास बैंकद्वारा ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक

    आर्थीकसंसार संवाददाता६ फागुन, २०७७
    ११६५ पटक
    ६ फागुन, २०७७

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप आक्रामक बनाउँदै न्यूनतम वार्षिक ८.७५% ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक गरेको छ । यो सुविधाअन्तर्गत बैंकले खरिद मूल्यको *८०% सम्म अधिकतम १० वर्षका लागि कर्जा प्रवाह गर्न सक्नेछ । आफ्नो सवारी चढ्ने सपना पूरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै प्रभावकारी सावित हुने बैंकले बताएको छ ।
    हाल गरिमा विकास बैंकले ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरीय बैकिङ्ग सुविधा दिँदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्