News Portal

  • ३५.२९ लाखको सुन कर्जा तिर्न अभिषेक सुनारलाई राष्ट्रिय वाणिज्य बैंकको ताकेता

    आर्थीकसंसार संवाददाता१४ असोज, २०८३
    १४ पटक
    १४ असोज, २०८३

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सुन कर्जा लिएर तोकिएको अवधिमा कर्जा चुक्ता नगरेका पर्वतका अभिषेक सुनारलाई ३५ दिनभित्र कर्जा चुक्ता वा नियमित गर्न ताकेता गरेको छ ।

    बैंकले कुश्मा नगरपालिका-३, पर्वतका सुनारलाई सम्बन्धित शाखामा सम्पर्क गरी कर्जाको साँवा, ब्याज तथा अन्य लाग्ने ३५ लाख २९ हजार रूपैयाँ चुक्ता गर्न आग्रह गरेको हो ।

    बैंकका अनुसार सुनारले पर्वतको पार्दी र पृथ्वीचोक शाखाबाट दुइवटा सुन कर्जा लिएका छन् । एउटा कर्जातर्फ १६ लाख ६० हजार रुपैयाँ साँवा र ७ लाख ४७ हजार रुपैयाँ ब्याज बाँकी रहेको छ ।

    त्यस्तै, अर्को कर्जातर्फ ७ लाख ४५ हजार रुपैयाँ साँवा र ३ लाख ७७ हजार रुपैयाँ ब्याज बाँकी रहेको बैंकले जनाएको छ ।

    अबको ३५ दिनभित्र सम्पूर्ण बक्यौता चुक्ता वा कर्जा नियमित नगरे सुनारको नाम कालोसूचीमा समावेश गर्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्