Skip

News Portal

  • कामना सेवा विकास बैंकले १५० विद्यार्थीलाई दियो वित्तीय साक्षरता

    आर्थीकसंसार संवाददाता १२ असोज, २०८३
    ३४ पटक
    १२ असोज, २०८३

    काठमाडौं । कामना सेवा विकास बैंकले विद्यार्थीलाई वित्तीय साक्षरता तथा भविष्य निर्माणसम्बन्धी जानकारी दिएको छ ।

    बैंकले दमकस्थित सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलमा कक्षा ९ र १० का करिब १५० विद्यार्थीका लागि अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको हो । विद्यालयको सर्वोदय बाल क्लबले आयोजना गरेको ‘सर्वोदय चौतारी’ कार्यक्रमअन्तर्गत ‘प्रेरक व्यक्तित्वसँग बालबालिका’ शीर्षकमा कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले विद्यार्थीलाई जीवनमा आवश्यक सीप, आत्मअनुशासन, निर्णय क्षमता, समय व्यवस्थापन र चुनौतीको सामना गर्ने तरिकाबारे जानकारी दिए । उनले शैक्षिक ज्ञानसँगै व्यवहारिक जीवनमा आवश्यक सीप विकास गर्नुपर्ने बताए ।

    त्यस्तै, बैंकका ब्रान्डिङ, संस्थागत सामाजिक उत्तरदायित्व तथा बजार व्यवस्थापन प्रमुख सुशील पौडेलले लक्ष्य निर्धारण, भविष्यको योजना र सही मार्गदर्शनका विषयमा जानकारी दिए । उनले विद्यार्थीलाई आफ्नो रुचि र क्षमता पहिचान गरी स्पष्ट लक्ष्य बनाउन र त्यसलाई योजनाबद्ध रूपमा अघि बढ्न सुझाव दि ए।

    कार्यक्रममा बचत तथा लगानी, आवश्यकता र चाहनाबीचको फरक, पैसाको योजनाबद्ध प्रयोग तथा जिम्मेवार आर्थिक व्यवहारबारे पनि छलफल गरिएको थियो । विद्यार्थी अवस्थादेखि नै आर्थिक निर्णयप्रति सचेत बन्ने बानीले भविष्यमा जिम्मेवार आर्थिक व्यवहार विकास गर्न सहयोग पुग्ने विषयमा जोड दिइएको थियो ।

    कार्यक्रममा विद्यार्थीहरूले आफ्ना जिज्ञासा, भविष्यका योजना तथा करिअरसम्बन्धी सोच वक्ताहरूसँग राखेका थिए । बैंकले यस्ता कार्यक्रममार्फत विद्यार्थी तथा युवामा वित्तीय चेतना, जीवन उपयोगी सीप र जिम्मेवार आर्थिक व्यवहारको विकासलाई निरन्तर प्रवर्द्धन गर्दै आएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्