News Portal

  • प्रभु बैंकद्वारा महिला ट्रेकिङ्ग उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान

    आर्थीकसंसार संवाददाता५ फागुन, २०७७
    ४६१ पटक
    ५ फागुन, २०७७

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालसँगको सहकार्यमा सहयात्रा समृद्धिको (Partnership for Prosperity) कर्जा योजनाअन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्ग ल्हामु गाउँपालिका–३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ्ग उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । आज सम्पन्न एक कार्यक्रममा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ्ग उद्यमीहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गर्नुभएको बैंकले जानकारी दिएको छ ।
    कोभिड–१९ को मारमा परेको ट्रेकिङ्ग व्यवसाय र नियमित आयआर्जनबाट बिमुख हुन पुगेका महिला ट्रेकिङ्ग उद्यमीहरुलाई ट्रेकिङ्गको लागि चाहिने बन्दोबस्तीका समानहरुको जोहो गरी आफ्नो उद्यम व्यवसायलाई पुनः सुचारु गर्दै जीवनस्तर सुदृढ पार्न यस कर्जाले सहयोग गर्ने विश्वास बैंकले लिएको छ ।

    प्रतिकृया दिनुहोस्