News Portal

  • महालक्ष्मी लाईफको अध्यक्षमा मनोरञ्जन रमण शर्मा मनोनयन

    आर्थीकसंसार संवाददाता४ फागुन, २०७७
    ५३४ पटक
    ४ फागुन, २०७७

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नवनिर्वाचित सञ्चालकहरुको मिति २०७७।११।०३ गते बसेको बैठकले सञ्चालक मनोरञ्जन रमण शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेको छ ।
    फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले मनोरञ्जन रमण शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई सञ्चालक पदमा निर्वाचित गरेको थियो । साधारणसभा सम्पन्न भइसकेपछि भएको पहिलो बैठकले आगामी ४ वर्षको लागि अध्यक्षमा मनोनयन गरेको हो ।
    अध्यक्ष मनोनयनपछि बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका बमोजिम नवनियुक्त अध्यक्ष मनोरञ्जन रमण शर्मालाई बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समितिमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको कुरा नायव प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिवद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्