News Portal

  • नेपाल इन्फ्रास्ट्रक्चर बैंक र प्रदेश नं १ बीच सम्झौता

    आर्थीकसंसार संवाददाता४ फागुन, २०७७
    ६९४ पटक
    ४ फागुन, २०७७

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड निफ्रा र प्रदेश नं १ को सार्वजनिक निजी–साझेदारी तथा लगानी प्राधिकरणबीच सम्झौता भएको छ । सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश नं १ को पूर्वाधार क्षेत्रको विकासका लागि परियोजना विकास तथा कार्यान्वयनको चरणमा आवश्यक वित्तीय तथा प्राविधिक सहकार्य तथा सहयोग र अन्य आवश्यक सेवाहरुको सम्बोधन गर्न प्राधिकरणसँग समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।
    समझदारी पत्रमा प्रदेश नं १ को सार्वजनिक–निजी–सहकारी साझेदारी तथा लगानी प्राधिकरणको तर्फबाट निर्देशक डा. सरोज कोईराला र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् । कार्यक्रममा प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राई पनि उपस्थित थिए । यस समझदारीपत्रको मूल उद्देश्य प्राविधिक र आर्थिक रुपमा सम्भावित प्रादेशिक पूर्वाधारका परियोजनाहरु पहिचान गर्नु र सम्भावित परियोजनाहरुमा वित्तीय तथा प्राविधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनौटका लगानी आवश्यक सहयोग, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश नं १ मा पूर्वाधारका परियोजनाहरुको विकास तथा कार्यान्वयन गर्नु रहेको बैंकले उल्लेख गरेको छ ।

    प्रतिकृया दिनुहोस्