News Portal

  • दुई सहसचिवले दिए राजीनामा

    आर्थीकसंसार संवाददाता२६ भदौ, २०८३
    ११ पटक
    २६ भदौ, २०८३

    काठमाडौं । निजामती सेवाका उच्च तहका अधिकारीहरूले बीचमै सेवा छाड्ने क्रम फेरि देखिएको छ । राजपत्रांकित प्रथम श्रेणीका दुई सहसचिव खिमबहादुर रायमाझी र प्रदीपराज अधिकारीले राजीनामा दिएका छन् ।

    पछिल्लो समय सहसचिव तहका अधिकारीहरूबाट राजीनामा आउने क्रम बढिरहेका बेला रायमाझी र अधिकारी पनि सेवाबाट बाहिरिने सूचीमा थपिएका हुन् । उनीहरू दुवै नेपाल प्रशासन सेवाका सहसचिव हुन् ।

    खिमबहादुर रायमाझी २०८० मंसिरमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा सहसचिवमा बढुवाका लागि सिफारिस भएका थिए ।

    सहसचिव भएपछि उनले गृह प्रशासनअन्तर्गत विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । उनी जाजरकोट र रोल्पाका प्रमुख जिल्ला अधिकारीसमेत भएका थिए । रोल्पामा उनको पदस्थापन भएको थियो ।

    रायमाझी प्रशासनतर्फको जिल्ला प्रशासन, सुरक्षा तथा सेवा प्रवाहसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीमा काम गरेका अधिकारी हुन् । सहसचिवमा बढुवा भएको करिब तीन वर्ष नपुग्दै उनले राजीनामा दिएका हुन् ।

    यस्तै, प्रदीपराज अधिकारी पनि नेपाल प्रशासन सेवाका सहसचिव हुन् । पछिल्लो समय उनी आदिवासी जनजाति आयोगका सचिवका रूपमा कार्यरत थिए ।

    अधिकारीले यसअघि स्थानीय तह तथा संघीय सरकारका विभिन्न निकायमा प्रमुख प्रशासकीय तथा प्रशासनिक जिम्मेवारी सम्हालिसकेका थिए ।

    लामो प्रशासनिक अनुभव भएका अधिकारीले पनि सेवा छाड्ने निर्णय गरेसँगै निजामती सेवाको उच्च तहमा देखिएको बहिर्गमनको बहस पुनः सतहमा आएको छ ।

    आयोगका एक कर्मचारीका अनुसार अधिकारी काविल र युवा सहसचिव हुन् । ५० वर्षसमेत नकटेका उनले सचिव बन्न सक्ने सहसचिव भएपनि  व्यावहारीक कारणले राजीनामा दिनुपरेको आफ्ना सहकर्मीहरूलाई बताएका थिए ।

    प्रतिकृया दिनुहोस्