News Portal

  • लक्ष्मी बैंकले स्मार्टफोन लोन सेवा सुरु

    आर्थीकसंसार संवाददाता४ फागुन, २०७७
    ५६६ पटक
    ४ फागुन, २०७७

    काठमाडौं । लक्ष्मी बैंकले एफ–वान सफ्टसँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ । स्मार्ट फोन लोन एक कर्जा रुपी सेवा हो, जसअन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एप बाटै अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन् ।
    कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनलाइटिक्स सफ्टवेरले गर्नेछ । हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउँदै लगिने बैंकले जनाएको छ ।
    आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकको अनुसार यो कर्जा पूरै डिजिटल मैत्री भएकाले कुनै कागज–पत्र तथा निवेदन बिना नै लिन सकिने र यो पूर्व स्वीकृति हुने हुँदा कुनै धितो बिना प्रदान गरिनेछ ।
    यस कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुनेबितिकै कर्जा रकम ग्राहकको खातामा जम्मा हुने व्यवस्था रहेको छ ।

    प्रतिकृया दिनुहोस्