News Portal

  • आइएमई लाइफले भदौमा भुक्तानी गर्‍यो ३ करोड २४ लाख रुपैयाँ दाबी

    आर्थीकसंसार संवाददाताआइएमई लाइफले भदौमा भुक्तानी गर्‍यो ३ करोड २४ लाख रुपैयाँ दाबी
    ५१ पटक
    आइएमई लाइफले भदौमा भुक्तानी गर्‍यो ३ करोड २४ लाख रुपैयाँ दाबी

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको भदौमा ३ करोड रुपैयाँ बढीको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले कात्तिकमा १११ वटा दाबीको भुक्तानी गरेको हो। जसअनुसार कम्पनीले ती दाबीको ३ करोड २४ लाख रुपैयाँ भुक्तानी गरेको छ।

    भदौको कुल दाबी भुक्तानीमा म्यादी बीमाको हिस्सा धेरै रहेको छ। यो बीमाको कम्पनीले १०१ वटा दाबीको १ करोड ८९ लाख २९ हजार ५८१ रुपैयाँ भुक्तानी गरेको छ।

    यसैगरी परम्परागत बीमाको ७ वटा दाबीको कम्पनीले १ करोड १३ लाख ४० हजार ५४४ रुपैयाँ भुक्तानी गरेको छ।

    कम्पनी वैदेशीक रोजगारको ४ वटा दाबीको २१ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको छ।

    प्रतिकृया दिनुहोस्