News Portal

  • एनएमबिको क्युआर कोडबाट फलफूल तथा तरकारी बजारमा कारोबार सुरु

    आर्थीकसंसार संवाददाता४ फागुन, २०७७
    ६१४ पटक
    ४ फागुन, २०७७

    काठमाडौं । एनएमबि बैंकले चितवनको महानगर फलफूल तथा तरकारी बजारमा क्युआरमार्फत भुक्तानी सुरु गरेको छ । बैंकको वाग्मती प्रदेश प्रमुख गणेश पराजुलीको सभापतित्वतामा महानगर फलफूल तथा तरकारी बजारका व्यवसायीहरुलाई बैंकले क्युआर कोड हस्तान्तरण गरेको हो ।
    सो कार्यक्रममा फलफूल तथा तरकारी थोक व्यवसायी संघका उपाध्यक्ष मुकुन्दप्रसाद गौतम, महासचिव जयराम पाण्डे, व्यवसायी पुरुषोत्तम गौतम तथा तरकारी व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । बैंकले साना तथा मझौला उद्यमीलाई विगतदेखि केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्