News Portal

  • कुमारी बैंकले ठमेल पर्यटन व्यवसायीलाइ कर्जा दिने

    आर्थीकसंसार संवाददाता४ फागुन, २०७७
    १४१४ पटक
    ४ फागुन, २०७७

    काठमाडौं । कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ । कोभिड–१९ महामारीले प्रभावित पर्यटन व्यवसायीहरुको कारोबार पुनर्जागरणका लागि दुई कम्पनीले उक्त सहकार्य गरेका हुन् ।
    सो सहकार्यअन्तर्गत ठमेल पर्यटन विकास परिषदमा आबद्ध रजिष्टर्ड सदस्य व्यवसायीलाई उक्त कर्जा सुविधा प्रदान गरिने छ । यसरी प्रदान गरिने अधिविकर्ष तथा चालु पुँजी कर्जालगायत आवधिक कर्जाको सीमा अधिकतम ५० लाख रुपैयाँ रहने छ । उक्त कर्जाहरु व्यवसायको सञ्चालन तथा प्रशासनिक खर्च व्यवस्थापनको लागि लगानी गर्ने बैंकले जानकारी दिएको छ । उक्त कर्जा, आकर्षक ब्याजदर तथा न्यूनतम प्रशासनिक शुल्कमा प्रदान गरिने छ ।
    बैंकले हाल १९२ शाखा सञ्जाल, १५६ एटीएम, २३ शाखारहित बैंकिङ्ग ईकाई र १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराइरहेको छ । बैंकले स्थानीय अर्थव्यवस्था, खासगरी पर्यटन व्यवसायको विकासको निमित्त आगामी दिनहरुमा अझ प्रभावकारी सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    प्रतिकृया दिनुहोस्