News Portal

  • सिटिजन लाइफको आईपीओ जारी गर्ने प्रस्ताव पारित

    आर्थीकसंसार संवाददाता३ फागुन, २०७७
    १७३० पटक
    ३ फागुन, २०७७

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव पारित भएको छ । फागुन २ गते सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
    सो सभामा सर्वसाधरणको हितमा विभिन्न विषयहरुमा छलफल हुनुका साथै विभिन्न प्रस्तावहरु पारित भएका छन् । पारित प्रस्तावहरुमा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५÷०७६ को वासलात, नाफा नोक्सान हिसाब, आयव्यय हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरुसहितको वित्तीय विवरण स्वीकृत भएको छ ।
    त्यसैगरी उक्त सभामार्फत कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण कार्यको लागि पुनःवर्तमान लेखापरीक्षक देवकी विजय एण्ड कं., चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरिएको छ । कम्पनीको सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्कवेटमा सम्पन्न भएको हो ।

    प्रतिकृया दिनुहोस्