News Portal

  • ईभी कारमा गुड्दागुड्दै आगो लागेर मृत्यु

    आर्थीकसंसार संवाददाता२६ भदौ, २०८३
    १२ पटक
    २६ भदौ, २०८३

    काठमाडौं । चितवनमा गुड्दागुड्दैको ईभी कारमा आगलागी भएर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । भरतपुर महानगरपालिका १२ बस्ने अन्दाजी ५६ वर्षीय अमर पराजुली रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले जानकारी दिए ।

    उनका अनुसार गोर्खाबाट मृतकका दाइ आउँदै हुनुहुन्छ । उहाँका छोराछोरी विदेशमा हुनुहुन्छ भन्ने खबर प्राप्त भएको छ । उहाँको शव परिवारलाई केही समयमा जिम्मा लगाइन्छ ।

    ‘गुडिरहेको ईभी कारमा आफैँ आगलागी भएको हो । सिट बेल्ट लगाएर गएको देखिन्छ,’ उनले भने,’ ग्यासोलिन कम्पनीको ईभी कार रहेको छ।’

    आफैँ आगो लगाएर कार चलाउन नसकिने पौडेलको भनाइ छ । शुक्रबार भरतपुर महानगरपालिका – ९ बसन्तचोकस्थित पूर्व – पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा प्र ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको थियो ।

    प्रतिकृया दिनुहोस्