News Portal

  • प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड मौज्दात, १ अर्ब निकासा

    आर्थीकसंसार संवाददाता२६ भदौ, २०८३
    ५ पटक
    २६ भदौ, २०८३

    काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ ।

    कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकमा रहेका खातामा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

    यस्तै, कोषका दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात रहेको जनाइएको छ ।

    बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ ।

    भोटेकोशी बाढीपछि सरकारले राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो । त्यसपछि स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति, संघ–संस्था तथा निकायबाट सहयोगस्वरूप रकम संकलन भई प्रधानमन्त्री राहत कोषमा दाखिला भएको हो ।

    कोषमा मौज्दात रहेको रकमबाट बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका काममा आवश्यकताअनुसार खर्च गरिने प्रधानमन्त्री कार्यालयले जनाएकाे छ ।

    प्रतिकृया दिनुहोस्