News Portal

  • शिखर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री राहत कोषमा रु. १.११ करोड सहयोग, निर्जीवन बीमकमध्ये सर्वाधिक योगदान

    आर्थीकसंसार संवाददाता२५ भदौ, २०८३
    १० पटक
    २५ भदौ, २०८३

    काठमाडौं । शिखर इन्स्योरेन्सले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १ करोड ११ लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेको छ।

    कम्पनीले बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेको हो। चेक कम्पनीका अध्यक्ष गौरव अग्रवाल र प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्तान्तरण गरेका हुन्। यो आर्थिक सहयोग निर्जीवन बीमकमध्ये सर्वाधिक हो।

    भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट स्थानीय समुदाय र जीविकोपार्जनलाई असर गरेकोले यस कठिन समयमा एकसाथ उभिनु निकै महत्वपूर्ण रहेको कम्पनीले जनाएको छ। ‘हामी विश्वास गर्छौं कि प्रभावित समुदायलाई सहयोग गर्नु हाम्रो जिम्मेवारी हो’, कम्पनीले भने।

    सबै मिलेर पुनर्लाभलाई समर्थन गर्न कम्पनीले आग्रह गरेको छ। ‘नयाँ आशाका साथ पुनर्निर्माण गरौँ र एक नेपालका रुपमा बलियो भएर उभिऔँ’, कम्पनीले भनेको छ।

    प्रतिकृया दिनुहोस्