News Portal

  • प्रधानमन्त्री राहत कोषमा शिखर इन्स्योरेन्सले दियो १ करोड ११ लाख

    आर्थीकसंसार संवाददाता२५ भदौ, २०८३
    ३१ पटक
    २५ भदौ, २०८३

    काठमाडौं । शिखर इन्स्योरेन्सले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १ करोड ११ लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेको छ ।

    कम्पनीले बुधबार (हिजो) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १ करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

    कम्पनीका अध्यक्ष गौरव अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपप्रकाश पाण्डेले चेक हस्तान्तरण गरे ।

    भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट स्थानीय समुदाय र जीविकोपार्जनलाई असर गरेकोले यस कठिन समयमा एकसाथ उभिनु निकै महत्त्वपूर्ण रहेको कम्पनीले जनाएको छ ।

    विपतको यस घडीमा सबै मिलेर अगाडि बढ्न पनि कम्पनीले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्