News Portal

  • अपि पावरको बोनस सेयर सूचीकृत

    आर्थीकसंसार संवाददाता२ फागुन, २०७७
    १२०६ पटक
    २ फागुन, २०७७

    काठमाडौं । अपि पावर कम्पनीको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । संस्थाको आइतबार (फागुन २ गते) मात्रै १७ लाख २० हजार ५६१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
    यससँगै कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, उनीहरुले दोस्रो बजारमा कारोबार गर्न पाउने छन् ।
    आइतबारको बजारमा कम्पनीको सेयर कारोबार प्रतिकित्ता २ सय ८२ रुपैयाँमा सुरु भएको थियो । त्यसपछिको कारोबारमा भने संस्थाको सेयर मूल्य घटेको थियो । र, अन्तत बजार बन्द हुँदा अर्थात संस्थाको अन्तिम कारोबार प्रतिकित्ता २८० रुपैयाँमा भएको छ ।

    प्रतिकृया दिनुहोस्