News Portal

  • सानिमा जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २२ प्रतिशतले बृद्धि

    आर्थीकसंसार संवाददाता३० माघ, २०७७
    १५५८ पटक
    ३० माघ, २०७७

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीको अधिकांश सूचकमा उत्साहजनक प्रगति देखिएको छ ।
    चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ८ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद बीमा शुल्क ६ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २२ दशमलव १९ प्रतिशतले बढी हो ।
    १ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ६ करोड ३१ लाख रुपैयाँ, बीमा कोषमा ७ करोड १४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७२ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको समीक्षा अवधिमा कम्पनीले २ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ६२ दशमलव २८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिसम्ममा कम्पनीले २ करोड १७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ३७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलानामा कम्पनीको खुद दाबी भुक्तानी ५८ प्रतिशतले बढी हो । कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ १८ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्