News Portal

  • बाढीपीडितलाई मारुती सिमेन्टको १ करोड ११ लाख रुपैयाँ सहयोग

    आर्थीकसंसार संवाददाता१८ भदौ, २०८३
    २३ पटक
    १८ भदौ, २०८३

    काठमाडौं । मारुती सिमेन्ट्स लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

    उक्त सहयोग रकमको चेक मारुती सिमेन्ट्स लिमिटेडका सञ्चालकहरू नन्दकिशोर राठी, मनोज कुमार गोयल, शरद गोयल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिओइ) आनन्द नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

    कम्पनीले विपद् तथा कठिन परिस्थितिमा प्रभावित नागरिकहरूलाई राहत र सहयोग पुर्याउने उद्देश्यका साथ उक्त रकम प्रदान गरिएको जनाएको छ ।

    कम्पनीले आगामी दिनमा पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत देश तथा समाजको हितमा आवश्यक सहयोग र योगदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

    ‘विपद्को समयमा पीडित तथा प्रभावित नागरिकहरूसँग हातेमालो गर्नु हाम्रो सामाजिक दायित्व हो,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    साथै, मारुती सिमेन्ट्स लिमिटेडले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो संवेदना प्रकट गरेको छ ।

    यसका साथै यो संवेदनशील समयमा उद्धार, राहत तथा पुनर्नस्थापना कार्यमा अहोरात्र खटिनुभएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूप्रति कम्पनीले हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्