News Portal

  • बाढीपीडितका लागि पूर्वसहसचिव देवकाटाले दिए ५० लाख

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०८३
    ११ पटक
    १७ भदौ, २०८३

    काठमाडौं । पूर्वसहसचिव लोकनाथ देवकोटाले हालैको अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।

    देवकोटाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।

    सहयोग घोषणा गर्दै देवकोटाले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

    उनले विपत्तिमा परी घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामनासमेत गरेका छन् ।

    प्राकृतिक विपत्तिको सामना गर्नु सबै नागरिकको साझा दायित्व रहेको उल्लेख गर्दै उनले बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले व्यक्तिगत रूपमा उक्त रकम प्रदान गरेको बताए ।

    ‘यस सहयोगले विपत्तिमा परेका पीडितहरूको दुःखमा केही राहत पुग्दै उनीहरूलाई पुनः सामान्य जीवनमा फर्किन मद्दत पुग्ने विश्वास लिएको छु,’ देवकोटाले भनेका छन् ।

    उनले विपद्को यस घडीमा देशवासी, उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था तथा सहयोगी मन भएका सबैलाई आ–आफ्नो स्थानबाट सक्दो सहयोग गरी उद्धार, राहत तथा पुनर्निर्माणका कार्यमा ऐक्यबद्धता जनाउन अपिलसमेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्