News Portal

  • सगरमाथा इन्स्योरेन्सको नाफा ७० प्रतिशतले बृद्धि

    आर्थीकसंसार संवाददाता३० माघ, २०७७
    ६९२ पटक
    ३० माघ, २०७७

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीको अधिकांश सूचकमा उत्साहजनक प्रगति देखिएको छ ।
    चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ६९ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद बीमा शुल्क ५६ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २१ दशमलव ७७ प्रतिशतले बढी हो ।
    १ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४३ करोड ५२ लाख रुपैयाँ, बीमा कोषमा ९० करोड २५ लाख रुपैयाँ र महाविपत्ती कोषमा १२ करोड २६ लाख रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा कम्पनीले १७ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ७० दशमलव ५८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १० करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिसम्ममा कम्पनीले ३३ करोड ६७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २८ करोड ४० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

    प्रतिकृया दिनुहोस्