News Portal

  • जी मनि ट्रान्सको बाढीपीडितलाई २२ लाख ८० हजार सहयोग

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०८३
    ११ पटक
    १७ भदौ, २०८३

    काठमाडौं । कोरियास्थित रेमिट्यान्स कम्पनी जी मनि ट्रान्सले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १५ हजार अमेरिकी डलर (करिब २२ लाख ८० हजार रुपैयाँ) सहयोग गरेको छ ।

    कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्दै बाढी प्रभावित नागरिक र समुदायको राहत तथा पुनर्स्थापनामा योगदान पुर्याउने उद्देश्यले सहयोग गरिएको जनाएको छ ।

    जी मनि ट्रान्सले विपद्को कठिन घडीमा कोरियामा रहेका नेपालीले आफ्ना परिवारलाई सहज रूपमा आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले कोरियाबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको पनि जनाएको छ ।

    कम्पनीले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

    साथै, उद्धार, राहत र पुनर्स्थापना कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गर्दै विपद्को समयमा प्रभावित नागरिकको साथमा रहने प्रतिबद्धता जनाएको छ ।

    प्रतिकृया दिनुहोस्