News Portal

  • विपद्मा निजी क्षेत्रका विद्युत उत्पादकको उदार सहयोग, इप्पानको राहत कोषमा ८ करोड १९ लाख जुट्यो

    आर्थीकसंसार संवाददाता१४ भदौ, २०८३
    ४९ पटक
    १४ भदौ, २०८३

    काठमाडौं । विपद्को घडीमा निजी क्षेत्रका विद्युत उत्पादकहरूले उदारतापूर्वक सहयोग गरेपछि प्रधानमन्त्री दैवी प्रकोप कोषका लागि इप्पान (स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल) ले हालसम्म ८ करोड १९ लाख रुपैयाँ सहायता संकलन गरेको छ ।

    इप्पानले यसअघि प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।

    तर, विपद्का बेला निजी क्षेत्रका विद्युत उत्पादकहरूबाट थप उत्साहजनक सहयोग प्राप्त भएपछि सहायता रकम बढेर ८ करोड १९ लाख रुपैयाँ पुगेको हो ।

    इप्पान अध्यक्ष मोहन कुमार डाँगीका अनुसार सहयोग अभियानलाई थप तीव्रता दिँदै सोमबारसम्म सहायता रकम १० करोड रुपैयाँभन्दा बढी पुर्याउने लक्ष्यसहित पहल भइरहेको छ ।

    विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले संकलित उक्त रकम ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमार्फत सोमबार आयोजित विशेष कार्यक्रममा चेक तथा भौचर हस्तान्तरण गरिनेछ ।

    विपद्को समयमा निजी क्षेत्रले देखाएको सामाजिक उत्तरदायित्व र ऐक्यबद्धताको यो पहलले प्रभावित नागरिकलाई राहत पुर्याउन थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    null

    प्रतिकृया दिनुहोस्