News Portal

  • राष्ट्रिय वाणिज्य बैंकको स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी हुन आग्रह

    आर्थीकसंसार संवाददाता३० माघ, २०७७
    ७७२ पटक
    ३० माघ, २०७७

    काठमाडौं । मङ्सिर २४ गतेबाट सुरु भएको स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले आग्रह गरेका छन् ।
    भक्तपुरमा रहेको समृद्धि कलेजको सहआयोजनामा बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष कँडेलले सरकारले बैंक, वित्तीय संस्था र निजी क्षेत्रको नेतृत्वमा युवाहरुलाई उद्यमी बनाउने नीति लिएको उल्लेख गर्दै अवसरको सही सदुयोग गर्न आग्रह गरे ।
    योजना आयोगले समृद्ध नेपाल निर्माणका लागि युवा उद्यमशीलतालाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै युवाहरुलाई चुनौतीसँग नडराउन आग्रह गरे । सोही कार्यक्रममा उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, राष्ट्रिय बाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र विशाल फाउण्डेशनका अध्यक्ष नरेश प्रसाद श्रेष्ठले स्टार्टअप आइडियालाई संरक्षण र प्रोत्साहनकै लागि पूर्ण प्याकेजको रुपमा यो आइडिया कलकार्यक्रम अघि बढेकाले यसमा आइडिया पठाउन र उद्यमी बन्न आग्रह गरे ।
    काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा स्टार्टअप कम्पनी सञ्चालन गरिरहेका, उद्यम सञ्चालन गर्न खोजिरहेका र विभिन्न कलेजका व्यवस्थापन र आइटी पढ्दै गरेका करिव १५० जना युवाहरुलाई वल्र्ड लिंकका अध्यक्ष एवं युवा उद्यमी दिलिप अग्रवाल, ई कमर्स संस्तो डिलका संस्थापक अमुन थापा, महिला उद्यमी महासंघका उपाध्यक्ष दर्शनाश्रेष्ठ, बरिष्ठ महिला उद्यमी स्यामबदन श्रेष्ठ, कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला, समृद्धी कलेजका प्रिन्सिपल सन्दीप श्रेष्ठलगायतले विभिन्न सेसनमा युवालाई हौसला प्रदान गरेका थिए ।
    हालसम्म ४ सयजना युवाहरुले स्टार्टअप आइडिया कलमा प्रस्ताव पठाएको जानकारी गराउँदै स्टार्टअप आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले माघ मसान्तसम्म आइडिया पठाउने युवालाई निःशुल्क तालिम र सहुलियतपूर्ण कर्जाका लागि आयोजकहरुले सहजीकरण गर्ने बताए । युवा उद्यमी प्रवद्र्धन कार्यक्रमअन्तर्गत बागमती प्रदेशभित्र उद्यम सञ्चालन गर्न चाहने देशभरका युवाहरु लक्षित गरेर आइडिया कल कार्यक्रम सञ्चालन गरिएको आयोजकको भनाई रहेको छ ।

    प्रतिकृया दिनुहोस्