काठमाडौं । हिमालयन बैंक मर्जर प्रक्रियामा अगाडि बढेको छ । मर्जरमा जानको लागि बैंकले चार सदस्यीय शक्तिशाली मर्जर कमिटीसमेत गठन गरेको छ ।
बसेको बैंक सञ्चालक समितिले चार सदस्यीय मर्जर कमिटी गठन गरेको हो । समितिमा चारै जना बैंकका सञ्चालक रहेका छन् । समितिको संयोजक सुनिलबहादुर थापा रहेका छन् भने सदस्यहरुमा प्रचण्डबहादुर श्रेष्ठ, विजयबहादुर श्रेष्ठ र आशिष शर्मा रहेको कुरा बैंकका अध्यक्ष तुलसी गौतमले बताए । कमिटीमा प्रवद्र्धक र साधारण लगानीकर्ता दुबै समूहको प्रतिनिधित्व रहेको छ ।
मर्जर कमिटीको जिम्मेवारी तोक्न बाँकी रहेको स्रोतले बतायो । ‘हिमालयन बैंकले अहिलेसम्म कुनै पनि संस्थासँग एक्वाएर वा मर्ज गरेको थिएन । अब मर्जरमा नगई भएन भन्ने योजनाका साथ बैंकले उच्च स्तरीय कमिटी बनाएको हो’ स्रोतले भन्यो । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्ज हुने सम्भावना छ भनेर यसअघि नै सञ्चारमाध्यममा पटकपटक समाचारहरु प्रकाशित हुँदै आएको छ । पछिल्लो समय हिमालयन बैंकको सञ्चालक समितिमा मर्जरको विषयले धेरै महत्व पाइरहेको स्रोतले बतायो ।
हिमालयन बैंक मर्जर प्रक्रियामा अघि बढ्यो
आर्थीकसंसार संवाददाता३२ साउन, २०७७
३२ साउन, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने