काठमाडौं । माछापुच्छ्रे बैक लि.ले नेपाली कमर्शीयल बैंकिङ्ग इतिहासमा नै बैंकको पहिलो आफ्नै मोवाईल वालेट ‘रेमिट्याप’ सञ्चालनमा ल्याएको छ । बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैकले विशेषगरी डिजिटल बैंकिङ्गमा नयाँनयाँ खोज र अनुसन्धान गर्दै नयाँनयाँ सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ सञ्चालन गर्दै आएको छ । यसैक्रममा ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले आफ्नै मोवाईल वालेट सञ्चालनमा ल्याएको हो ।
Robust टेक्नोलोजीमा निर्माण भएको रेमिट्याप मोवाईल वालेट अत्यन्त सुरक्षित छ र चलाउन एकदमै सहज रहेको छ । रेमिट्यापमा नेपालमा यसअघि कुनै पनि वालेटमा नभएका विशेषताहरु जस्तै भर्चुअल कार्ड सिर्जना गरी उक्त कार्डबाट भुक्तानी गर्ने, साथीलाई उक्त भर्चुअल कार्ड गिफ्ट गर्न सकिने, एउटै अकाउन्टबाट व्यक्तिगत तथा मर्चेन्ट दुवै कारोबार गर्न सकिने, आफ्नो व्यक्तिगत विवरण (KYC) भिडियोमार्फत अपलोड गर्न सकिनेलगायतका विल्कुलै नयाँ विशेषताहरु रहेका छन् । यसका साथै रेमिट्याप बिशेषगरि बिदेशबाट रेमिट्यान्स वालेटमा पठाउन तथा पाउन उपयोगी हुनेछ । रेमिट्यापले विदेशको साथै नेपाल भित्र नै एक ठाउँबाट उर्को ठाउँमा आन्तरिक रेमिट्यान्सको कारोबार गर्न पनि यसले सहज बनाउने छ । यसरी रेमिट््यापबाट पठाएको रेमिट्यान्स देशैभर छरिएका ७००० भन्दा बढी एजेन्टहरुबाट तुरुन्तै नगद भुक्तानी लिन सकिनेछ । यसबाहेक रेमिट्याप वालेट भित्र अन्य विभिन्न सेवाहरु खानेपानी, बिजुली, टेलिफोनको बिल तिर्नेलगायतका थुपै विशेषताहरु रहेका छन् । नेपाली तथा अङ्गेजी दुवै भाषामा यो एप चलाउन सकिने भएकाले हरेक तह र तप्कामा रहेका ग्राहकहरुको डिजीटल आवश्यकता रेमिट्यापले पूरा गर्ने विश्वास माछापुच्छ्रे बेंकले लिएको छ ।
स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १५६ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा ३२१ स्थानमा रहेका सेवा सञ्जाल तथा १९७ वटा एटीएमहरु तथा करिब २ हजार भन्दा बढी पिओएस (POS Machine) मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।
माछापुच्छ्रे बैकको पहिलोपटक आफ्नै मोवाईल वालेट
आर्थीकसंसार संवाददाता२९ माघ, २०७७
२९ माघ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने