News Portal

  • ज्योति विकास बैंकद्वारा विभिन्न स्वास्थ्य संस्थालाई बेबी वार्मर प्रदान

    आर्थीकसंसार संवाददाता२९ माघ, २०७७
    ५०५ पटक
    २९ माघ, २०७७

    काठमाडौं । ज्योति विकास बैंकले प्राथमिक स्वास्थ्य केन्द्र, आम्दा अस्पताल र जिल्ला अस्पताल दिक्त्तेललाई एक एक थान बेबी वार्मर प्रदान गरेको छ ।
    बैंकले संयुक्त रुपमा ३ स्वास्थ्य संस्थालाई सो बेबी वार्मर प्रदान गरेको हो । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ ।
    बैंकले हाम्रो विकास प्रवद्र्धन कोषमार्फत राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा हालसम्म जम्मा ७ वटा बेबी वार्मर प्रदान गरिसकेको छ । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाखभन्दा बढी खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढी ऋणीहरुलाई करिब ३७ अर्ब लगानी गर्न सफल भएको छ ।

    प्रतिकृया दिनुहोस्