News Portal

  • काठमाडौं महानगरद्वारा ‘मेयर्स रिसर्च फेलोसिप २०८३’का लागि अनुसन्धान प्रस्ताव आह्वान

    आर्थीकसंसार संवाददाता९ भदौ, २०८३
    १३० पटक
    ९ भदौ, २०८३

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको सर्वाङ्गीण विकासका लागि आवश्यक नीतिगत तथा कार्यमूलक अनुसन्धान गर्न ‘मेयर्स रिसर्च फेलोसिप २०८३’का लागि अनुसन्धान प्रस्ताव आह्वान गरेको छ ।

    महानगरपालिकाको सहरी योजना आयोगको सचिवालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक नेपाली अनुसन्धानकर्ताबाट अनुसन्धान प्रस्ताव माग गरेको हो ।

    फेलोसिप कार्यक्रमको मुख्य उद्देश्य प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पु¥याउनुका साथै नीतिगत अनुसन्धान र सहरी विकाससँग सम्बन्धित आयोजनाको पहिचान तथा कार्यमूलक अनुसन्धानलाई प्रोत्साहन गर्नु रहेको महानगरले जनाएको छ ।

    महानगरका अनुसार सहरका विविध आयामसँग सम्बन्धित विषयमा ठोस र व्यावहारिक अनुसन्धानमार्फत विकास प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

    सूचनाअनुसार, तोकिएको योग्यता पुगेका इच्छुक नेपाली अनुसन्धानकर्ताले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र रीतपूर्वक अनुसन्धान प्रस्ताव पेस गर्नुपर्नेछ ।

    आवेदनका लागि आवश्यक योग्यता, प्रस्तावको ढाँचा, छनोट प्रक्रिया तथा अन्य विस्तृत सर्तहरू महानगरपालिकाको वेबसाइटमा प्रकाशित ‘कल फर एक्सप्रेसन अफ इन्ट्रेस्ट’मा उल्लेख गरिएको महानगरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्