News Portal

  • अजोड इन्स्योरेन्स र नेपाल स्टक एक्सचेन्जबीच शेयर सूचीकरण गर्ने सम्झौता

    आर्थीकसंसार संवाददाता
    ६१९ पटक

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१००।– कायम भएको १,००,००,००० कित्ता शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो । कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत ३०,००,००० कित्ता साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा बितरण गरिएको ३०,००,००० कित्ता तथा कम्पनीका संस्थापकहरुले लगानी गरेको ७०,००,००० कित्ता शेयर समेत गरि जम्मा १,००,००,००० कित्ता शेयर वितरण भई यस स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।
    शेयर सूचीकरण सम्झौता पत्रमा यस स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गर्नुभयो । सो अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र मुख्य प्रवन्धक÷कम्पनी सचिव बैद्यनाथप्रसाद उपाध्यायसमेतको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्