News Portal

  • सानिमा बैंकको नयाँ शाखा टोखामा

    आर्थीकसंसार संवाददाता२७ माघ, २०७७
    ४०९ पटक
    २७ माघ, २०७७

    काठमाडौं । सानिमा बैंक मंगलबार काठमाडौंको टोखास्थित ग्रान्डि हस्पिटल नजिकै नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका छन् ।
    समुद्घाटन् समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई दिँदै गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
    सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९० वटा एटिएम संचालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्