News Portal

  • सुकेधारा स्थित ’एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न

    आर्थीकसंसार संवाददाता३ भदौ, २०८३
    ५६ पटक
    ३ भदौ, २०८३

    काठमाडौ । काठमाडौँको सुकेधारा स्थित ’एजिङ होम’को आयोजना तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित एक दिवसीय निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । मङलबार बिहान १० बजे देखि ३ बजे सम्म सञ्चालन भएको शिबिरमा १०५ जनाको आँखा परीक्षण गरिएको थियो । एजिङ होमका संस्थापक राजेन्द्र सिंह नेगीले ज्येष्ठ नागरिकहरूको स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राख्दै उहाँहरूको आँखा निरोगी र दृष्टि सफा रहोस् भन्ने पवित्र उद्देश्यका साथ यो विशेष आँखा शिविरको आयोजना गएिको बताए ।  ज्येष्ठ नागरिकहरूमा उमेरसँगै आउने दृष्टिसम्बन्धी समस्यालाई बेलैमा पहिचान गरी सहज उपचार पहुँच पु¥याउन यो शिबिर फलदायी हुने उनको बिश्वास छ ।


    आँखा शिविरमा डा. मनिषा गुरुङको नेतृत्वमा ७ जना चिकित्सकहरूको प्राविधिक टोलीले आँखा परीक्षण तथा परामर्श प्रदान गरेको गरेको थियो । परीक्षणका क्रममा १४ जना बिरामीहरूमा मोतिविन्दु (ऋबतबचबअत) को समस्या देखिएको छ । मोतिविन्दु देखिएका ती १४ जना बिरामीहरूको त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालको टोलीले सम्पूर्ण खर्च व्यहोर्ने गरी निःशुल्क शल्यक्रिया गर्ने बताएको छ शिविरमा दृष्टिदोष भएका १६ जनालाई निःशुल्क चश्मा बितरण गरिएको थियो । आखाँ शिबिरमा सहभागि अधिवत्ता बिष्णु गिरीले यस्ता शिबिरले आम मानिसमा स्वास्थ्य सम्बन्धी सचेतना बढाउन ठूलो योगदान गर्ने बताए ।
    नेपाल आँखा अस्पतालका कार्यकारी बोर्ड सदस्य राजाराम श्रेष्ठको उपस्थतीमा भएको शिबिरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न र सामाजिक सेवामा निरन्तर सक्रिय योगदान पु¥याएको भन्दै कार्यक्रम संयोजक राम केसी तथा समाजसेवी बेबिना खड्कालाई विशेष सम्मान पनि गरिएको थियो ।   एजिङ होमले आगामी दिनमा पनि ज्येष्ठ नागरिकको स्वास्थ्य र कल्याणका लागि यस्ता सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने बताएको छ ।

    प्रतिकृया दिनुहोस्