
३ भदौ, २०८३काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा कार्निभल’को चौथो संस्करण सुरु गर्ने भएको छ ।
कम्पनीका अनुसार भदौ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कार्निभलमा ग्राहकले जुनसुकै ब्रान्डको पुरानो गाडी दिएर टाटाका नयाँ पन्च ईभी र टियागो ईभीसँग साट्न सक्नेछन् ।
पुरानो गाडीलाई डाउन पेमेन्टका रूपमा प्रयोग गरी टाटा मोटर्सका नयाँ विद्युतीय सवारीसाधन खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
बुकिङ गर्ने ग्राहकलाई विशेष अफर
कार्निभल अवधिभर टाटाका गाडी बुकिङ गर्ने ग्राहकलाई बेस्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज तथा निःशुल्क होम चार्जर जडान सुविधा उपलब्ध गराइनेछ ।
सिप्रदी ट्रेडिङले हालै सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा नयाँ पन्च ईभी र नयाँ टियागो ईभी नेपाली बजारमा सार्वजनिक गरेको थियो ।
नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
पन्च ईभीमा ३२५ किलोमिटरसम्मको रेन्ज
अत्याधुनिक ‘एक्टि.ईभी’ प्लेटफर्ममा आधारित नयाँ पन्च ईभी ३२ किलोवाट आवर र ४० किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ ।
कम्पनीका अनुसार नेपालमा गरिएको परीक्षणमा यसले एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्म रेन्ज प्रदान गर्छ ।
पन्च ईभीमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, बीएनक्याप ५-स्टार सुरक्षा रेटिङ, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ डीसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल ककपिट, भेन्टिलेटेड सिट तथा ३६६ लिटरको बुट स्पेस उपलब्ध छ ।
नयाँ टियागो ईभीमा पनि आकर्षक फिचर
दैनिक प्रयोगलाई लक्षित गरी ल्याइएको नयाँ टियागो ईभीमा नयाँ डिजाइन, आकर्षक रङ, ३६० डिग्री एचडी क्यामेरा, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम तथा ६ वटा एयरब्यागसहितका सुरक्षा सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।
सिप्रदी ट्रेडिङका अनुसार कार्निभलमार्फत ग्राहकलाई सहज रूपमा विद्युतीय सवारीसाधनमा अपग्रेड हुन अवसर प्रदान गर्ने उद्देश्य राखिएको छ ।