News Portal

  • सनराइज बैंकको नायव सिईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त

    आर्थीकसंसार संवाददाता२६ माघ, २०७७
    ६६१ पटक
    २६ माघ, २०७७

    काठमाडौं । सनराइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको छ । सञ्चालक समितिको मिति २०७७ माघ २६, सोमबार बसेको बैठकको निर्णयअनुसार आरती राज्यलक्ष्मी राणा नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा हुनुभएको हो । विगत १९ वर्षदेखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहनुभएकी राणा २०७६ कात्तिकमा सनराइज बैंकको नायब महाप्रबन्धकको रुपमा प्रवेश गर्नुभएको थियो । एसआइबिएम कलेज भारतकोे पुनेबाट एमबिए गर्नुभएकीे राणाले सन् २००२ मा एभरेष्ट बैंकको म्यानेजमेन्ट ट्रेनीका रुपमा आफ्नो बैंकिङ्ग करियर सुरु गर्नुभएको थियो । एभरेष्ट बैंकमा पाँच वर्ष कार्यपश्चात ग्लोबल आइएमइ बैंकमा डेपुटी म्यानेजरका रुपमा प्रवेश गर्नुभएको उहाँंले १२ वर्ष उक्त बैंकमा काम गर्नु भएको थियो ।
    राणाले बैकले आफू प्रति गरेको विश्वासलाई कदर गर्दै आगामी दिनमा बैंकलाई अझै उचाईमा पुर्याउन लागि पर्ने प्रतिबद्घता जनाउनु भयो ।

    प्रतिकृया दिनुहोस्