News Portal

  • नेपाल बङ्गलादेश बैंकद्वारा ‘किसान कृषि लोन कार्ड’ योजना सुरु

    आर्थीकसंसार संवाददाता२६ माघ, २०७७
    ६११ पटक
    २६ माघ, २०७७

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले ‘किसान कृषि लोन कार्ड’ योजना सुरू गरेको छ । नेपाल बङ्गलादेश बैंक, आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रालि मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच सहकार्यमा उक्त किसान कृषि लोन कार्डको योजना ल्याएको हो ।
    मकवानपुरगढी गाउँपालिकास्थित कृषकहरुले पशुपालन, पन्छिपालन तथा तरकारी–फलफुल उत्पादनमुलक कृषि व्यवसाय र उद्यम गर्नका निमित्त आवश्यक वित्तीय, प्रावधिक, बजार व्यवस्थापन तथा विभिन्न भूमिका समन्वय गरी सानास्तरका कृषकलाई व्यवसायीक कृषिमा व्यवस्थित गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो । उक्त सम्झौतामा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंह, आर एण्ड डि. इनोभेटिभ सोलुसनको तर्फबाट सुनिता न्हेम्हाफुकी, मकवानपुरगढी गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष विदुर हुृमागाई र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिका सहसंयोजक कल्पना श्रेष्ठले चौपक्षीय सम्झौता गरेका थिए । हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्