News Portal

  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा २० प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता १ भदौ, २०८३
    २२ पटक
    १ भदौ, २०८३

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न स्वास्थ्य, होटल तथा रेस्टुरेन्टका सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ । बैंकले विभिन्न संस्थासँग सम्झौता गरी ग्राहकलाई थप सुविधा उपलब्ध गराउन लागेको हो ।

    सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सम्बन्धित संस्थाका विभिन्न सेवा तथा सामग्रीमा छुट प्राप्त गर्न सक्नेछन् ।

    महालक्ष्मी विकास बैंकका ग्राहकले मनकामना हिलक्रेस्ट होटल, कुरिनटार, चितवनमा आवास तथा रेस्टुरेन्ट सेवामा १२.५ प्रतिशतसम्म छुट पाउनेछन् ।

    त्यस्तै, एलोफ्ट काठमाडौं, छायादेवी कम्प्लेक्स, ठमेलमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । एल्लो हात्ती, लाजिम्पाट, काठमाडौंमा उपहार सामग्री बिक्री सेवामा १० प्रतिशतसम्म छुट पाइनेछ ।

    स्वास्थ्य सेवातर्फ अल्फा केयर डायग्नोस्टिक सेन्टर, बुढानीलकण्ठ, काठमाडौंमा स्वास्थ्य परीक्षण तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । त्यस्तै, दृष्टि आई केयर, कलंकी, काठमाडौंमा नाक, कान, घाँटी, आँखा उपचार तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

    यसैगरी ओरियन्ट क्याफे, दरबारमार्ग, काठमाडौंमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाइनेछ । होटल स्मारक, हेटौंडा, मकवानपुरमा आवास तथा खाना–पेय पदार्थमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

    बैंकका अनुसार यस सहकार्यबाट डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।

    नेपालका विभिन्न स्थानमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले पछिल्लो समय काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्