News Portal

  • सिटिजन्स बैंकले कर्मभूमि समाजलाई सहुलियतपूर्ण कर्जा

    आर्थीकसंसार संवाददाता२६ माघ, २०७७
    ७०० पटक
    २६ माघ, २०७७

    काठमाडौं । सिटिजन्स बैंकले कर्मभूमि समाजसँग लघु, साना र मझौला उद्यमहरूलाई सहुलियतपूर्ण कर्जा तथा सहयोग गर्ने सम्झौता भएको छ ।
    दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीहरुलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानुन र नियमनको पालना गर्न यस बैंकले सहयोग पुर्याउँदै आएको छ । नेपाली जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस भन्ने उद्देश्यका साथ बैंकले यो सम्झौता गरेको जनाएको छ ।
    सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
    कृषि, घरेलु तथा साना उद्यमलगायतका व्यवसाय सञ्चालनमा कर्जा प्रवाह बढाउँदै उत्पादन तथा रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित महिला उद्यमशीलता कर्जा, व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जालगायतका सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई सफल बनाउन यस बैंकले विभिन्न योजना सञ्चालनमा ल्याएको छ । राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुको सजिलो तथा उत्साहपूर्ण ढंगले प्रवाह गर्न बैंकले देशैभरी छरिएका शाखाहरुबाट विभिन्न शीर्षकमा हालसम्म करिब १५०० जनालाई करिब १ अर्ब ५० करोड सहुलियत कर्जा प्रवाह गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्