

२९ साउन, २०८३काठमाडौं । प्राइम कमर्सियल बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २८.४८ प्रतिशत बढेर ४ अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब २० करोड ७ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ४.४७ प्रतिशत बढेर ९ अर्ब २१ करोड २६ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ८ अर्ब ८१ करोड ८१ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ९४ करोड ९३ लाख ५८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११ अर्ब ९० करोड ८ लाख ३९ हजार रुपैयाँ र सञ्चालन नाफा ६ अर्ब ८३ करोड ३० लाख ५५ हजार रुपैयाँ रहेको छ ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड ७४ लाख १२ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ९.१० प्रतिशत रहेको छ ।
२० अर्ब ९५ करोड ४७ लाख ८१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ९७ करोड ६१ लाख ९८ हजार रुपैयाँ रहेको छ ।
गत असारसम्म बैंकको निक्षेप संकलन ५.४६ प्रतिशत बढेर २ खर्ब ७७ अर्ब ७४ करोड ३६ लाख रुपैयाँ र कर्जा लगानी ८.२९ प्रतिशत बढेर २ खर्ब २६ अर्ब ४४ करोड ११ लाख रुपैयाँ प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.३६ प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष १६.५० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर १९.६३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १२.२२ गुणा छ ।
बैंकको खराब कर्जा ५.८१ प्रतिशतबाट बढेर ६.६९ प्रतिशत पुगेको छ ।
बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको ९.९८ प्रतिशतबाट घटेर ९.८८ प्रतिशत कायम भएको छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने १२.८७ प्रतिशतमा कायम रहेको छ ।