News Portal

  • सिटिजन लाइफको व्यवसायमा छलाङ

    आर्थीकसंसार संवाददाता२५ माघ, २०७७
    ६९८ पटक
    २५ माघ, २०७७

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आ.व. २०७७÷०७८ को दोस्रो त्रैमासिक (पौष मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय बृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सोमा १३० प्रतिशतले बृद्धि गरेको छ ।
    गत आवको पौष मसान्तमा कम्पनीको जीवन बीमा कोष १ अर्ब ४ करोड ४० लाख रूपैयाँ रहेकोमा यस पौष मसान्तमा सो रकम २ अर्ब ३९ करोड ८१ लाख रूपैयाँ पुगेको छ । यसका साथै कम्पनीले गत आवको पौष मसान्तसम्ममा कुल बीमाशुल्क ८० करोड ८८ लाख संकलन गरेकोमा यस आवको सोही अवधिमा १ अर्ब ४० करोड २१ लाख रूपैयाँ संकलन गर्न सफल भएको छ । यसरी हेर्दा बीमा शुल्क आर्जन ७३ प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा जीवन बीमा कोषमा १३० प्रतिशतको बृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ४२ करोड १ लाखबाट ७३५ ले बढाएर ७२ करोड ८० लाखको उचाई चुमाएको छ । साथै, कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ५४ प्रतिशतको बृद्धि गरी १५ करोड ४ लाख रूपैयाँ पुर्याएको छ ।
    जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम ४ अर्ब ९६ करोड रूपैयाँमध्ये करिब ८३ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।
    हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिँदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी वनाउँदै लैजाने उद्देश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना वढाउन विद्यार्थीसँग बीमाजस्ता विभिन्न कार्यक्रमहरुलगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरुसहितको सिटिजन टिममार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

    प्रतिकृया दिनुहोस्