News Portal

  • कुमारी बैंकको नाफा ७.३८ अर्ब, वितरणयोग्य नाफा धनात्मक

    आर्थीकसंसार संवाददाता२७ साउन, २०८३
    १३ पटक
    २७ साउन, २०८३

    काठमाडौं । कुमारी बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ३०५.९५ प्रतिशत बढेर ७ अर्ब ३८ करोड ७१ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब ८१ करोड ९६ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ३.३६ प्रतिशत बढेर १२ अर्ब १ करोड ३० लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ११ अर्ब ६२ करोड १५ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब ४ करोड ८८ लाख ६४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १६ अर्ब ३५ करोड ८४ लाख ३२ हजार रुपैयाँ र सञ्चालन नाफा ११ अर्ब २३ करोड ५५ लाख २५ हजार रुपैयाँ रहेको छ ।

    अघिल्लो वर्ष बैंकले खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब ६६ करोड १६ लाख २० हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५ अर्ब १९ करोड ४० लाख २२ हजार रुपैयाँ र सञ्चालन नाफा ५ अर्ब ५८ करोड ७१ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

    गत वर्ष बैंकको वितरणयोग्य नाफा ७९ करोड १६ लाख ६१ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ३.०२ प्रतिशत रहेको छ ।

    २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ७७ करोड ६५ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

    गत असारसम्म बैंकको निक्षेप संकलन १०.४४ प्रतिशत बढेर ४ खर्ब २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ र कर्जा लगानी ४.०७ प्रतिशत बढेर २ खर्ब ७० अर्ब ९२ करोड २२ लाख रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षको असारसम्म बैंकले ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६० अर्ब ३२ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

    अघिल्लो वर्ष ६.९४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २८.१७ रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात गुणा छ भने प्रतिसेयर नेटवर्थ १७०.८० रुपैयाँ छ । बैंकको खराब कर्जा ६.९५ प्रतिशतबाट बढेर ७.४६ प्रतिशत पुगेको छ ।

    प्रतिकृया दिनुहोस्