News Portal

  • सिटिजन्स बैंकका ग्राहकहरुलाई त्रिपुरा रिसोर्टमा विशेष छुट

    आर्थीकसंसार संवाददाता२५ माघ, २०७७
    ४७१ पटक
    २५ माघ, २०७७

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरुले कालिन्चोकस्थित त्रिपुरा रिसोर्टमा विशेष छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच आइतबार विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
    यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले त्रिपुरा रिसोर्टमा सेवा लिँदा विशेष छुट पाउनु हुनेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्