News Portal

  • मुक्तिनाथ विकास बैंकको नाफा १.५१ अर्ब, कर्जा १ खर्ब नाघ्यो

    आर्थीकसंसार संवाददाता२७ साउन, २०८३
    १४ पटक
    २७ साउन, २०८३

    काठमाडौं । मुक्तिनाथ विकास बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १२.४४ प्रतिशत बढेर १ अर्ब ५१ करोड ८३ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब ३५ करोड ३ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ३.६३ प्रतिशत बढेर ४ अर्ब ७४ करोड ३८ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ५७ करोड ७४ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ५४ करोड ९८ लाख १७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५ अर्ब ३९ करोड ८२ लाख ७ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ४२ करोड २७ लाख ७ हजार रुपैयाँ रहेको छ ।

    अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी ५५ करोड ८१ लाख ७२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५ अर्ब १९ करोड ५८ लाख ६५ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब १ करोड ५० लाख ५४ हजार रुपैयाँ थियो ।

    गत वर्ष बैंकको वितरणयोग्य नाफा ६७ करोड ५७ लाख ५६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ८.४५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ३५ करोड ४१ लाख २ हजार रुपैयाँ र लाभांश क्षमता १९.२२ प्रतिशत थियो ।

    ८ अर्ब ३ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब २७ करोड २ लाख ७१ हजार रुपैयाँ रहेको छ ।

    गत असारसम्म बैंकको निक्षेप संकलन ५.२० प्रतिशत बढेर १ खर्ब २३ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ र कर्जा लगानी ३.३७ प्रतिशत बढेर १ खर्ब ५० करोड ८८ लाख रुपैयाँ प्रवाह गरेको छ ।

    अघिल्लो वर्षको असारसम्म बैंकले १ खर्ब १७ अर्ब ४३ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब २२ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ८३.८६ प्रतिशत रहेको छ ।

    अघिल्लो वर्ष १९.१६ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष घटेर १८.९८ रुपैयाँमा सीमित भएको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १९.१३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १६१.६२ रुपैयाँ छ ।

    बैंकको खराब कर्जा २.९७ प्रतिशतबाट बढेर ४.७७  प्रतिशत पुगेको छ ।

    प्रतिकृया दिनुहोस्