News Portal

  • सूर्यज्योति लाइफको नाफा ३८ करोड नाघ्यो, जीवन बीमा कोष साढे ५१ अर्ब

    आर्थीकसंसार संवाददाता२७ साउन, २०८३
    १२ पटक
    २७ साउन, २०८३

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ८.५५ प्रतिशत बढेर ३८ करोड २ लाख १९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३५ करोड २ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आम्दानी १५.७३ प्रतिशत बढेर १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ११ अर्ब १८ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

    गत वर्ष कम्पनीको खुद दाबी भुक्तानी ४.०८ प्रतिशत बढेर १३ अर्ब ६४ करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ११ अर्ब ९६ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

    गत वर्ष कम्पनीको कुल आम्दानी १७ अर्ब ९ करोड ९० लाख रुपैयाँ र कुल खर्च १६ अर्ब ४८ करोड ७८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले १५ अर्ब १३ करोड ४७ लाख रुपैयाँ कुल आम्दानी गरेर १४ अर्ब ५२ करोड ६२ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

    ५ अर्ब १ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ६० करोड ९२ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४५ करोड ८० लाख रुपैयाँ रहेको छ।

    अघिल्लो वर्ष ४१ अर्ब ६० करोड ५१ लाख रुपैयाँ रहेको जीवन बीमा कोष गत वर्ष बढेर ५१ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ नाघेको छ । समीक्षा अवधिमा कम्पनीको लगानी ४१ अर्ब ६६ करोड २४ लाख रुपैयाँबाट बढेर ५२ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

    समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६.९९ रुपैयाँबाट वृद्धि भई ७.५९ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२२.६८ रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्