News Portal

  • नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा ‘केटु’ आरोहीलाई १० लाख प्रदान

    आर्थीकसंसार संवाददाता२५ माघ, २०७७
    ७३४ पटक
    २५ माघ, २०७७

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले जाडोयाममा विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ सफल आरोहण गरेर विश्व कीर्तिमान राखेका नेपाली टोलीलाई सम्मान गरेको छ । गएको माघ ३ गते नेपाली टोलीले केटु हिमाल चढेर विश्व कीर्तिमान राखेका थिए ।
    बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे, बोर्डका सदस्यहरू र वरिष्ठ व्यवस्थापकहरूले टोलीलाई सम्मान गर्दै १० लाख पनि प्रदान गरेको छ । बैंकले एक कार्यक्रममार्फत उक्त १० जनाको टोलीलाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
    क्रुरता हिमाल उपनाम दिइएको केटु चढ्नलाई सबैभन्दा कठोर हिमालको रूपमा मानिन्छ र जाडोमा यसमा चढ्नलाई लगभग असम्भव रहेको थियो । नेपाल इन्भेष्टमेण्ट बैंकले ८३ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ ।
    पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

    प्रतिकृया दिनुहोस्