News Portal

  • नागरिक लगानी कोषका सहभागीलाई मनकामना अस्पतालमा २० प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता२६ साउन, २०८३
    १३ पटक
    २६ साउन, २०८३

    काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी तथा कर्मचारीलाई चितवनस्थित मनकामना अस्पताल प्रालिले स्वास्थ्य सेवामा छुट दिने भएको छ ।

    यससम्बन्धी सम्झौतामा नागरिक लगानी कोषका निर्देशक हेमन्त पोखरेल र मनकामना अस्पतालका बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गरेका छन् ।

    सम्झौताअनुसार कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउनेछन् ।

    त्यस्तै, अस्पतालमा उपलब्ध सिटी स्क्यान तथा शल्यक्रिया सेवामा थप १०–१० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

    छुट सुविधा लिन कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले आफ्नो परिचयपत्र पेस गर्नुपर्नेछ । सहभागीले कोषमा आबद्ध भएको प्रमाणपत्र वा आफ्नो पहिचान खुल्ने अन्य कागजात पेस गरी सुविधा लिन सक्ने व्यवस्था गरिएको छ ।

    प्रतिकृया दिनुहोस्