आर्थीकसंसार संवाददाता२६ साउन, २०८३


२६ साउन, २०८३काठमाण्डौ । नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले दोस्रो नाइमा मोबिलिटी एक्स्पोको उद्घाटनमा नेपालको यातायात प्रणालीलाई भरपर्दो र दिगो बनाउन आधुनिक पूर्वाधार र स्थिर नीतिको खाँचो औंल्याएकी छिन्।
उनले यातायातलाई विलासिताको वस्तु वा राजस्वको स्रोत मात्र नभई शिक्षा, स्वास्थ्य र रोजगारीसँग जोड्ने राष्ट्रिय विकासको महत्त्वपूर्ण अङ्गको रूपमा हेर्नुपर्ने बताएकी छिन्। बजारमा भित्रिरहेका विद्युतीय र हाइब्रिड सवारीसाधनलाई व्यवस्थापन गर्न सरकारले स्पष्ट कर प्रणाली, वर्गीकरण र नियमन ल्याउनुपर्ने उनको जोड छ ।
व्यवसायीको अन्योल हटाउन स्थिर तथा दीर्घकालीन नीतिहरूको आवश्यकता औंल्याउँदै उनले सुरक्षित सडक, भरपर्दो चार्जिङ पूर्वाधार र सडक सुरक्षाका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने स्पष्ट पारिन्।