

२६ साउन, २०८३काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ ।
कम्पनीले व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने अभिकर्तालाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।
बुढानीलकण्ठस्थित होटल शीतल हाइटमा शुक्रबारदेखि आइतबारसम्म आयोजित कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूको सहभागिता रहेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने अभिकर्तालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा एमडीआरटी (मिलियन डलर राउण्ड टेबल) हासिल गर्न सफल अभिकर्ता, मेगा स्टार उपाधि प्राप्त अभिकर्ता तथा सिनियर एजेन्सी म्यानेजरलाई सम्मान गरिएको थियो ।
उत्कृष्ट कार्यसम्पादन, समर्पण तथा कम्पनीको व्यावसायिक वृद्धिमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित अभिकर्तालाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रा.डा. भगवान कोइराला तथा डा. विष्णु प्रसाद रेग्मीले स्वास्थ्य, जीवन तथा पेशागत विकासमा टेवा पुग्ने उत्प्रेरणामूलक प्रस्तुति दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीको सफलताको प्रमुख आधार अभिकर्ता नै भएको बताए ।
उनले अभिकर्ताको निरन्तर मेहनत, व्यावसायिक प्रतिबद्धता तथा ग्राहकप्रतिको उत्तरदायित्वको प्रशंसा गरे ।
आगामी दिनमा पनि उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई प्रोत्साहन गर्न यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।
कार्यक्रममा व्यवसाय विस्तारका सम्भावना, आगामी व्यावसायिक रणनीति तथा ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा छलफल गरिएको थियो ।
सहभागी अभिकर्ताबीच अनुभव आदान–प्रदान तथा सफलताको प्रेरणादायी यात्राबारे अन्तरक्रियात्मक सत्रसमेत सञ्चालन गरिएको थियो ।
रिलायबल नेपाल लाइफले अभिकर्ताको क्षमता विकास, उत्प्रेरणा तथा व्यावसायिक उत्कृष्टतालाई प्रोत्साहन गर्दै आएको जनाएको छ । कम्पनीले यसबाट बीमा क्षेत्रको समग्र विकासमा योगदान पुग्ने विश्वास लिएको छ ।